Logo
Logo

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव- हाम्रो गल्तीबाट सिक्नु


1.4k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले नयाँ राजनीतिक दलसहित राजनीतिमा प्रवेश गरेका रवि लामिछानेलाई आफ्नो पार्टीले गरेको गल्तीबाट सिक्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो पार्टीले गरेको गल्तीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर्न आग्रह गरेका हुन् ।

लामिछाने आफूले आशा गरेको व्यक्तिभित्र पर्ने बताउँदै उनले भनेका छन्– ‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौँ तिमी, पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर, तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्