Logo
Logo

वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी- धाक धम्की यहाँ चल्दैन


2.3k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने घोषणा गरेपछि प्राधिवरणले उडान नरोक्न भनेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।

त्यसलगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु नहुने बताएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् । प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।

त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग भइहेका स्थान तथा संरचनाहरुलाई यथावत राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्