Logo
Logo

पिपुल्स पावरको आइपिओ खुला


1k
Shares

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता सय अङ्कित दरमा ६ करोड ३२ लाख ६० हजार ६ लाख ३२ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो ।

कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७ सय ८० कित्ता र ती वडा बाहेक इलामका बासिन्दाका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ ।लगानीकर्ताले असार २२ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्