Logo
Logo

रणवाङमा पहिलोपटक चैते धानखेती


378
Shares

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ ।

अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । ‘यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,’ उनले भने, ‘बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धानले राम्रो उत्पादन दिएको छ ।’

माघको अन्तिम साता धुले ब्याड राखेर उमारिएको बीउ चैत १२ गते रोपिएको थियो । ३ रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताए । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उनको भनाइ छ ।

रणवाङ समुन्द्री सतहदेखि १ हजार ५० मिटर उचाइमा अवस्थित छ । पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको गाउँपालिका कृषि शाखा प्रमुख तारा बानियाँले बताए ।

सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्