
काठमाडौं । मनसुनी प्रणाली सक्रिय हुँदै जाँदा देशभर वर्षा भइरहेको छ ।
विषेशगरी प्रदेश १, बागमती र गण्डकीमा ठूलो पानी परिरहेको छ । पानी पर्ने क्रम अझै नरोकिएकाले बाढी र पहिरोको जोखिम बढेको र सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणी र यसका सहायक नदी किनारमा बढी जोखिम रहेको बताइएको छ । विभागले बिहान ७ बजे सूचना जारी गर्दै भनेको छ, ‘नारायणी र यसका साना सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नु पर्ने भएमा उच्च सतर्कता अपनाऔं ।’
वर्षा भोलीसम्मै जारी रहने विभागको अनुमान छ ।














