
बाँके । भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीली नन्दनी मिल परिसरबाट ५ सय बोरा अवैध चिनी बरामद गरेको डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट सेटिङमै दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ ।
भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा वितरण गरिन्छ ।












