
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । उपराष्ट्रपति पुन दाहिने साइडको पाता दुख्ने समस्या भएपछि नर्भिक अस्पताल पुगेका हुन् ।
उनले अस्पताल पुगेर नियमित स्वास्थ्य जाँच गराएका थिए । उपराष्ट्रपति पुनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार अस्पतालमा उनको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो ।














