
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरु मन्त्री छोड्न तयार रहेको दावी गरेका छन् । शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकपछि बोल्दै मन्त्री खतिवडाले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको बताए ।
मन्त्री खतिवडाले भने, “हामी मन्त्री छोड्न तयार छौं भनेर लेखेर दिएको छौ । राष्ट्रिय सभाबाट बजेट पारित भएपछि हामी आफैं छोड्न तपार छौं ।” पर्यटनमन्त्री प्रेम आलेले पनि ४८ घण्टाभित्र राजीनामा दिने दावी गरिसकेका छन्।
सरकारमा सहभागी हुँदा आलोपालो मन्त्री हुने सहमति अनुसार पार्टीले यसअघि नै चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीले निर्णय गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न नमानेपछि अहिले पार्टीभित्र यस विषयमा विवाद सुरु भएको छ।














