Logo
Logo

सय ग्राम सुनसहित एक जना पक्राउ


630
Shares

काठमाडौं । ओमनबाट नेपाल आउँदै गरेको जहाजमा अवैधरुपमा एक सय ग्राम सुन ल्याएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनीहरूले सनसिल्क सेम्पुको डब्बाभित्र सेम्पु (झोल)सँगै मिसाई १०० ग्राम सुन लुकाइ छिपाइ अवैधरुपमा ल्याएको खुलेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा सिराहाका निरन्जन कुमार सिंहले १०० ग्राम सुन लुकाइ छिपाइ अवैधरूपमा ल्याउँदै गरेको भन्दै सुनसहित ती यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्