
काठमाडौं । मन्त्री फेर्ने पार्टीको निर्णयविरुद्ध हस्ताक्षर गरेका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।
पार्टीको निर्णयविरुद्ध हस्ताक्षर गरेका १० मध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आले, धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकीले हस्ताक्षर फिर्ता लिएका हुन् ।
पार्टी नेतृत्वले विगतमा भएका कमजोरी सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको एक सांसदले बताए । मन्त्री फेर्ने पार्टीको निर्णयमा असहमति जनाउँदै १० सांसदले शुक्रबार ७ बुँदे मागपत्र बुझाएका थिए ।














