Logo
Logo

बचत वृद्धि अवकाश कोषमा सहभागीलाई थप प्रतिफल



काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई २०७७/७८ को मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष संचालक समितिको असार ११ गते बसेको बैठकले करिब २ लाख ९८ हजार सहभागीलाई उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

संचित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने कोषले जनाएको छ ।

प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्