
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केही मान्छेलाई अनैतिक लागेर आफ्नो राजीनामा माग गर्दैमा राजीनामा नदिने दावी गरेका छन् । मन्त्री शर्माले बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका दावी गरेका हुन्।
मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’ मन्त्री शर्माले करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको र यसको विरोध गर्नुको औचित्य नभएको बताए ।
करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको भन्दै मन्त्री शर्माले भने, ‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो ।’











