Logo
Logo

‘लुसिफर’ गीतसहित बिन्दास मुडमा देखिए बालेन


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह तिहारको सार्वजनिक बिदामा बिन्दास मुडमा देखिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार आफ्नो फरक र रमाइलो रूपको तस्वीर सार्वजनिक गरेका हुन् ।

तिहारको उल्लाससँगै सार्वजनिक बिदाको फुर्सदिलो समय बिताइरहेका बालेनले फेसबुकमा आफ्नो एउटा तस्वीर पोस्ट गरेका छन् । तस्वीरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिन्छन् । एक हातले कपाल सुम्सुम्याउँदै क्यामेरातिर हेरेको उनको हाउभाउले उनको बिन्दास शैली झल्काउँछ ।

उनले तस्बिरसँगै ‘लुसिफर’ गीतको संगीतसमेत राखेका छन् । विगतमा उनी लुसिफर भन्दै कतिपयले टिप्पणी समेत गरेका थिए । तर उनले स्टाटसमा न कुनै औपचारिक सन्देश छ न कुनै राजनीतिक टिप्पणी । केवल एउटा तस्वीर र पृष्ठभूमिमा बजिरहेको गीत छ र त्यसमा मुस्कानसहितको इमोजी राखेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000