Logo
Logo

सामराको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित


0
Shares

काठमाडौं । क्यानेडेली ब्याटर युवराज सामराको शतक प्रेरणामा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो जित आत्मसात गरेको छ । कीर्तिपुरमा सोमवार भएको खेलमा पोखराले कर्णाली याक्समाथि ६३ रनको फराकिलो जित रचेको हो । यससँगै पाँचौं खेलबाट पोखराले पहिलो जित निकाल्यो । समान खेलमा कर्णालीको भने तेस्रो हार हो । पोखराको जितमा ओपनर सामराले १०२ रनको शतकीय इनिङ खेले । यो यस सिजनकै पहिलो शतक पनि हो ।

ब्याटर चम्किएपछि पोखराले फराकिलो जितसँगै प्लेअफमा पुग्ने अंकगणीतिय सम्भावना कायमै राख्यो । जितका बाबजुद पोखरा पुछारमा छ । त्रिवि क्रिकेट स्टेडियममा पोखराले २१८ रनको चुनौतीपूर्ण लक्ष्य दियो । तर, जबाफी ब्याटिङ गरेको कर्णाली १८.३ ओभरमा १५४ रनमै अलआउट भयो । विशाल लक्ष्य पछ्याएको कर्णालीको सुरुआत राम्रो भएन । पवन सर्राफको ३२ रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

ओपनर अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र कप्तान सोमपाल कामीले २१ रन जोडे । उसले दोस्रो ओभरमै कर्णालीले ओपनर जिसान आलमलाई गुमायो । धनन्जय लक्षणको बलमा उनी ३० यार्ड सर्कलमै क्याच हुन पुगे । कर्णालीको विकेट पतनको श्रृंखला रोकिएन । पावरप्लेमा ५६ रन जोडे पनि चार विकेट गुमायो । ५.२ ओभरमा कर्णाली ५५/२ को अवस्थामा थियो । तर खातामा थप १७ रन जोड्दा उसले चार विकेट गुमेपछि कर्णाली धरासयी भयो । ओपनर अरिफुल इस्लाम २४, मार्क वाट ८ र विकेटकिपर दीपक डुम्रे २२ रनमा पभेलियन फर्किए । छैटौं ओभरमा मेहदीले मार्क र दीपकलाई आउट गर्दै कर्णालीलाई संकटमा पारे ।

त्यसपछि आएका दक्षिण अफ्रिकन ब्याटर डेविड मिलरमा सबैभन्दा बढी आशा थियो । तर हसनले नै आठौं ओभरमा मिलरलाई कप्तान चमिका करुनारत्नेबाट क्याच गराउँदै कर्णालीका समर्थकलाई निरास बनाए । अघिल्लो खेलमा मिलर ९३ रनमा अविजित थिए । तर यसपल्ट उनी ७ रनमै आउट हुन पुगे । लगत्तै अर्को ओभरमा गुलसन झा २ रनमै पभेलियन फर्किए । ८.१ ओभरमा कर्णाली ७२÷२ को अवस्थामा थियो । सातौं विकेटका विकेटका कप्तान सोमपाल र पवन सर्राफबीच ५८ रनको साझेदारी बन्यो । वाधा पु¥याएको भन्दै डिआरएसमार्पmत कप्तान सोमपाल आउट हुन पुगे । उनको इनिङमा एक चौका रह्यो । १७ औं ओभरमा पवन पनि पभेलियन फर्किए ।

उनले ३१ बलमा समान एक चौका र दुई छक्का हिर्काए । यसपछि सूर्य तामाङले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेन । पोखराको बलिङमा महेदीले तीन, धनन्जय, कुशल र विपिनले समान दुई विकेट लिए । पोखराले अतिरिक्त २१ रन व्यहोरे पनि ठूलो क्षति सामना गर्नुपरेन । टस जितेर पहिले ब्याटिङ गर्ने पोखराको निर्णय सही सावित भयो । पूरै ओभरमा मात्र विकेटको क्षतिमा २१७ रनको विशाल योगफल बनायो । क्यानडेली ब्याटर सामराले शतक र कुशलले अर्धशतक बनाए । यी दुईबीच दोस्रो विकेटका लागि १३६ रनको बलियो साझेदारी भयो । यही प्रेरणामा पोखराले विशाल लक्ष्य बनाएको हो । ओपनर मेहदी ५ रनमै पभेलियन फर्किए ।

४.३ ओभरमै कप्तान सोमपालले मेहदीलाई अरिफुलबाट क्याच गराए । यो विकेटपछि पोखराले आक्रामक ब्याटिङ ग¥यो । यस क्रममा कुशल र युवराजले आक्रामक ब्याटिङ गरे । समाराले ४५ बलमै शतक पूरा गरे । कुशलले अर्धशतक बनाउन २८ बल खर्चिए । कुशलले ३९ बल खेल्दै ६२ रनको आक्रामक इनिङ खेले । उनले ३९ बलमा सात छक्का हिर्काए । कुशलले ४८ बलमा १०२ रनको अर्धशतकीय इनिङ खेले । कुशलले १० चौका र ६ चौका हिर्काए । यी दुई चम्कँदा पोखराले ११ ओभरमा १०० रनको आँकडा बनाएको थियो । बाँकी ९ ओभरमा पोखराले ११७ रन जोड्दै आक्रामक इनिङ खेल्यो । सामरा १६औं र कुशल १८ औं ओभरमा पभेलियन फर्किए ।

स्पिनर वाटले सामरा र सोमपालले कुशललाई आउट गर्दै ठुला विकेट लिए । त्यसपछि कप्तान करुनारत्नेले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलतर्पm अग्रसर गराए । उनले ११ बलमा ३५ रन जोडे । उनको इनिङमा समान तीन चौका र छक्का रह्यो । सुरुआती पाँच ओभर कर्णालीले समालिएर बलिङ ग¥यो । यसपछि खराब बलिङसँगै कर्णालीले विशाल लक्ष्य सामना गर्नुप¥यो । कप्तान सोमपालबाहेक कुनैपनि बलर किफायती बन्न सकेनन् । सोमपालले दुई तथा मार्कले एक विकेट लिए । दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिष्पर्धा हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000