Logo
Logo

काँकडभिट्टाबाट ४६ करोडको फलफूल आयात



झापा । जेठ मसान्तसम्म काँकडभिट्टा नाका हुँदै ४६ करोडको फलफूल आयात भएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार उक्त मूल्यको ८ हजार २ सय ३६ मेट्रिक टन फलफूल आयात भएको हो ।आयातित फलफूलको निवेदन दस्तुरवापत १२ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख देविन्द्र साहुले बताए ।

उनका अनुसार २९ करोड ७३ लाखको स्याउ, ४ करोड ५१ लाख को भुईंकटहर, १२ लाख ८० हजारको केरा, ७९ लाख ५१ हजारको नरिवल, ६७ लाख ७० हजारको जुनार आयात भएको छ ।

यसैगरी ४९ लाख ४९ हजारको आँप, २ करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजारको अङ्गुर, १ करोड ७८ लाखको सुन्तला, ३६ लाख ७३ हजारको नास्पति, ५ लाख ९८ हजारको अम्बा, ९३ लाख ८४ हजारको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्