Logo
Logo

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते : शहरी विकासमन्त्री



काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले हालसम्म सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुईरतीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी गरेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए। कार्यक्रममा उनले देश जोगाउनको लागि सबैले आफ्नो ठाउँमा योगदान गर्न अपिल गरेका छन् ।

मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएर मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक इमान्दार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्