Logo
Logo

पूर्वगृहमन्त्री अर्यालको बालेन लक्षित टिप्पणी : अल्गोरिदम निर्देशित राजकीय अराजकता


1.2k
Shares

काठमाडौं । प्रधानन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनविरुद्ध व्यङ्ग्य गरेपछि सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । काठमाडौंको खुलामञ्चमा आइतबार महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री उपस्थित नहुँदासम्म संसद् खुला भएको मान्न नसकिने टिप्पणी गरेका थिए ।

The current image has no alternative text. The file name is: om-prakesh.jpg

त्यसपछि राति प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ यसमा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहमा सामान्य राजनीतिक संस्कारसमेत नभएको भनी टिप्पणी भइरहेको छ ।

यसैबिच जेनजी आन्दोलनले तत्कालीन ओली सरकार ढलेपछि पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले पनि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत राजनीतिक संस्कृति (संस्कार) को प्रश्न उठाएका छन् । 

उनले लेखेका छन्, ‘संवैधानिक लोकतन्त्रस संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार), दलीय संस्कृतिको जगेर्ना होस् । अल्गोरिदम निर्देशित राजकीय अराजकताले नेपाल राष्ट्र (मातृभूमि) लाई यो भन्दा बढी क्षति गर्न नसकोस् । दिशाबोध होस्, तत्वबोध होस्, राष्ट्रको हित होस् ।’

प्रतिक्रिया दिनुहोस्