Logo
Logo

२७ वर्षपछि १० अर्बमा बन्ने भयो नेपाल प्रहरीको एकेडेमी




काठमाडौं । करिब २७ वर्षको प्रयासपछि नेपाल प्रहरीको आधुनिक तालिम प्रतिष्ठान काभ्रेको पनौतीमाबन्ने भएको छ । प्रतिष्ठान िनर्माणका लागि सोमबार निर्माणकम्पनीसँग सम्झौताभएको छ ।


१० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स्–रोशन कन्ट्रक्सन जेभीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्र निर्माण कार्यसम्पन्नगर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्य र अहलुवालिया कन्ट्याक्स्का सिइओओ अरुण शाहीले हस्ताक्षर गरेका छन् । भारतीय अनुदान सहयोगमा प्रतिष्ठान बन्नलागेको हो ।


०५२ मा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलालबोहरा भारत भ्रमणमा जाँदापहिलोपटक यससम्बन्धी छलफल गरेको थियो । त्यहीवर्षप्रधानमन्त्री शेरबहादुर देउवाभारत भ्रमणमा जाँदायसबारे सहमतिभएको थियो । संयोग, २७वर्षपछि देउवाप्रधानमन्त्रीभएकै बेलाप्रतिष्ठान निर्माणका लागि सम्झौताभएको छ ।


प्रतिष्ठान निर्माणका लागिपनौतीमाआठ सय २२ रोपनीजग्गा अधिग्रहण भइसकेको छ । पनौतीमा प्रतिष्ठान निर्माण भइसकेपछि आधारभूत र आवासीय तालिमहरु पनौतीमा र अन्य एडभान्स तालिम हाल प्रतिष्ठान रहेको महाराजगञ्जमै गर्ने प्रहरीको तयारी छ । महाराजगञ्जबाट प्रतिष्ठान हटाउने निर्णय केपीओली सरकारले गरेको थियो । तर प्रहरीको विरोधपछित्यो निर्णय कार्यान्वयनभएको छैन । गत वर्ष पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यससम्बन्धि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्