Logo
Logo

महाेत्तरीमा मलबिनै धान रोपाइँ



फाइल फाेटाे ।

महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि रासायनिक मल पाउन सकेनन् ।

पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । सातायता दिनहुँजसो पानी परिरहेको छ । वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ ।

‘बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो’, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् ।

असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन् । मल नपाएकामा भने उनको दुःखेसो छ । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ ।

यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा समस्या हुने गरेको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्