Logo
Logo

होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा सैनिक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,३ साउन ।
बलात्कार मुद्दामा फरार भएका नेपाली सेना चण्डीगण वीरगन्जमा कार्यरत लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । पथलैयामा रहेको संगालो होटलमा जबरजस्ती करणीमा संलग्न लेखापाल दुर्गा तिम्सिना पर्सामा पक्राउ परेका हुन् ।


मकवानपुर घर भई हाल वीरगन्ज – ८ मा रहेको नेपाली सेनाको चण्डी गणमा कार्यरत लेखापाल तिम्सिनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरा पठाइएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले राजधानीलाई बताए ।

पथलैयाको होटल संगालोमा गएको असार २७ गते सिमराकी एक १७ बर्षीय किसोरी अचेत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानको क्रममा लेखापाल तिम्सेना समेत संलग्न देखिएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीले सो होटलका सञ्चालकलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । किशोरीहरुलाई जागिरमा लगाउने भन्दै होटल सञ्चालिकाले यौनधन्दामा लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्