Logo
Logo

टाइगरले जिते ‘रेस्लिङ च्याम्पियनसीप’


315
Shares

दमक । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा झापाको कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।

उपाधिसँगै उनले १ लाख २५ हजार नगद पुरस्कार पाए । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई स्तब्ध पारे ।

नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । हार्ड कोरतर्फको उपाधि डेविडले जितेका छन् ।

उनले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरे र डेविडले फाइनलमा चट्टानलाई हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्