काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम अंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक चढ्न’ फर्रफराइने भएको छ । अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालबहादुर जिरेललाई आइतबार पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका उनलाई पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमबीच झण्डा हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आरोही जिरेललाई सफल आरोहणको शुभकामना दिएका छन् ।
आरोही जिरेलले नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने इच्छा ब्यक्त गरेपछि झण्डा हस्तान्तरण गरिएको हो । दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामनासहित नेपालको पहिचान गराउन गरेको प्रयासको अध्यक्ष नेपालले प्रशंसा गरे ।











