
काठमाडाैं । नेपाली मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड रोनाल्डिन्होसँग खेल्न पाउनु दुर्लभ अवसर भएको बताएका छन् ।
लामो समयदेखि इन्डोनेसियाको पेर्सिक क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका रोहितले खेल जीवनमा नयाँ अनुभव बटुल्ने मौका पाएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महान रोनाल्डिन्हो सरसँग मैदान सेयर गर्न पाउनु मेरा लागि एक अद्भुत अनुभव थियो । मतलब, मैले यो हुनेछ भनेर कहिल्यै सोचेको थिइन । मेरा लागि, जसले उनको जादू हेर्यो र अहिले उसैसँग मैदान शेयर गर्नु ठूलो अनुभव र आशिर्वाद हो ।’
रोहित सम्मिलित पेर्सिक क्लबले ४२ वर्षिय रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।












