काठमाडौं । बालबालिकाका लागि कोरोनाविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं ल्याइएको छ । उक्त खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको हो ।

खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई उक्त खोप दिइने उनले बताए ।
यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।











