
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
पदाधिकारी बैठक केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न बोलाएको एक नेताले जानकारी दिए । काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ ।
एक नेताका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ ।











