Logo
Logo

सरुवामा महासेठको कीर्तिमान, १६ महिनामा तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ साउन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्।

सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र कार्कीलाई हटाएर २०७४ चैतमा मधुसूदन अधिकारीलाई ल्याएका थिए। उनले गत जेठमा अधिकारीलाई हटाएर फेरि कार्कीलाई ल्याए।

मन्त्री महासेठले सडक विभागका तीन जना महानिर्देशक पनि फेरिसकेका छन्। यति छोटो अवधिमा बारम्बार कर्मचारी सरुवाले मन्त्रालयको कामकारबाही प्रत्यक्ष प्रभावित भएका छन्। आफ्नो दबाब नमान्ने विभागीय प्रमुखलाई सरुवा गर्ने गरेको आरोप उनीमाथि छ।

महासेठ मन्त्री हुँदा सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देललाई मन्त्रालय तान्दै उनको ठाउँमा २०७५ जेठमा रवीन्द्रनाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्