
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा सय रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैंया छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैंयाले बढेको छ ।
चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैंयामा कारोबार भइरहेको छ ।











