
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने एक नेताले जानकारी दिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा बसेकाे परियारले जानकारी दिए ।
‘भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको छ । कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भयाे । केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न कुरा भएकाे छ ।” परियारले भने ।











