Logo
Logo

आईजीपीबाट हटाइएका दानबहादुरले बुझेनन् ‘विशेष सुरक्षा सल्लाहकार’को पत्र


0
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारले दिएको छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ पद अस्वीकार गरेका छन् ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा मनोज केसीलाई प्रहरी महानीरिक्षक बनाएको थियो । साथै कार्कीलाई भने नयाँ दरबन्दी ‘विशेष सुरक्षा सल्लाहकार’ सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो ।

तर, उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबार गएनन् । बरू, आफ्नो कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण ढङ्गले प्रहरी प्रमुखबाट हटाएको भन्दै उनी सरकारविरुद्धकै रिट लिएर सर्वोच्च अदालत गए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, कार्कीलाई कोठाको व्यवस्था गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000