Logo
Logo

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द, दोस्रो खेल आज


504
Shares

काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो।

नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जित हात पारेको थियो। क्यानाडासँग आज एकदिवसिय सिरिजको दोस्रो खेल खेलेपछि नेपाली टोली स्कटल्याण्ड जानेछ।

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्