काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकाले बुधबारका लागि बैठक स्थगित भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार बैठक भोली बिहिबार बिहान ११ बजेसम्मका लागि सारिएको हो ।











