Logo
Logo

छानविन समिति गठन गर्न सर्वदलीय बैठक


126
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको मागअनुसार अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समिति गर्न लागिएको हो ।

फाइल फोटो

बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरुसमेत सहभागी बैठकमा छानविन समिति कति जना सदस्य रहने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्