काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसद बैठक बहिस्कार गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका हुन् ।

बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि ११ संसदीय समिति गठन भइसकेको छ ।
एमाले सचिव योगेश भट्टराईले अर्थमन्त्रीको राजीनामा माग्दै बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए ।
एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले अहिले जवाफ दिइरहेका छन् । उनले कुनै पनि अनाधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरेका छन् । राजीनामालाई सम्मान गर्ने उनले बताए । तर तथ्यको गहिराइमा पुग्नुपर्ने उनको भनाइ ।











