Logo
Logo

खेलकुदमन्त्रीले भेटे रेनुकालाई, उपचारमा सघाउने आश्वासन


441
Shares

काठमाडौं । खेलकुदमन्त्री महेश्वर गहतराजले महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

एसियाली खेलकुद तयारीका क्रममा घाईते भएकी उनलाई विहीबार बिहान बी एण्ड बी अस्पतालमा पुगेर भेटेका हुन् । मन्त्री गहतराजले रेनुका छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उपचारमा कुनै किम हुन नदिने उनकाे भनाइ छ ।

बन्द प्रशिक्षणका क्रममा क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्