काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ ।
यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् । शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ । कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४।५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।












