Logo
Logo

‘भ्यू टावरचाहिँ बन्ने, त्रिचन्द्र नबन्ने ?’


567
Shares

काठमाडौं । विद्यार्थीले ‘त्रिचन्द्र कलेज बचाऔं’ अभियानमा ऐक्यवद्धता जनाउँदै सडकमा मार्चपास गरेका छन् ।
नेपालकै जेठो कलेज त्रिचन्द्रको भवन जीर्णोद्धार गर्ने सरकारबाट पहल नभएपछि विद्यार्थीहरूले मार्च गरेका हुन् । शुक्रबार घण्टाघर, कलेज परिसरमा उनीहरूले मार्च गरेका छन् ।

२०७२ सालको महाभूकम्पमा जीर्ण बनेको उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो । भूकम्पको ६ वर्ष वितिसक्दा समेत भवन पुर्ननिर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी सडकमा उत्रिएका हुन् । उनीहरूले केही सातायता लगातर प्रदर्शन गर्दै आएका छन् ।

विद्यार्थीले ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘त्रिचन्द्र बचाऔं, इतिहास जोगाऔं’, ‘भ्यू टावरचाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने’लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्