Logo
Logo

विदेशीलाई सुम्पदै नेपाल वायुसेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष भएको दश महिनासम्म पनि कुनै सुधार गर्न नसकेपछि मदन खरेलले निगम विदेशी कम्पनीलाई जिम्मा दिने तयारी गरिरहेका छन् । त्यसको पहिलो चरणमा निगमको ‘अप्रेसन’, ‘इन्जिनियरिङ’ र ‘बजार व्यवस्थापन’ विदेशी कम्पनीलाई करारमा दिन राजु केसकिो संयोजकत्वमा एउटा कमिटी गठन गरिएको छ । यस्तो अवस्था आउनु भनेको खरेलको अक्षम व्यवस्थापन नै हो । निगम सुधार गर्ने हो भने सरकारले खरेललाई हटाएर सक्षम व्यक्तिलाई ल्याउनु पर्छ । खरेल अक्षम भएकै कारण निगमको व्यवस्थापन विदेशीलाई सुम्पनु भनेको ढिलोचाँडो निगमको स्वामित्व पनि विदेशीलाई सुम्पने वातावरण तयार गर्नु हो । नेपाल बैंक र वाणिज्य बैंक विदेशीले सुधार गरेको भन्दै त्यस्तै मोडलमा निगमको व्यस्थापन पनि विदेशीलाई दिनुपर्ने तर्क खरेलले गर्दै आएका छन् । यो उनको जागिर खाने मनस्थिति मात्रै हो ।

प्रधानमन्त्री केपी शर्मा ओली केही हवाई माफियाको प्रभावमा परेकै कारण निगममा खरेलको नियुक्ति सम्भव भएको हो । उनको नियुक्तिका पछाडि जुन नियत हवाई माफियाको थियो, त्यसको कार्यान्वयन गर्न व्यवस्थापन विदेशीलाई सुम्पन खरेल हतारिएको हो । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा सरकारले गरेको छ । भ्रमण वर्ष सफल पार्न पनि निगमको ठूलो भूमिका हुन्छ । तर, खरेलले दश महिनामा प्रधानमन्त्री ओलीलाई जे गर्छु भनेर प्रतिबद्धता जनाएका थिए, त्यसमध्ये एउटा काम पनि गर्न सकेनन् । खरेलको असफलतालाई निगमका कर्मचारीहरुले प्रधानमन्त्री ओलीकै असफलता हो भनिरहेका छन् । त्यसैले ढिलो नगरी जतिसक्दो चाँडो सक्षम व्यक्तिलाई निगमको व्यवस्थापन सुधार्ने जिम्मा दिइनु बुद्धिमानी हुनेछ ।

समाचार स्रोतका अनुसार निगमभित्र कहाँकहाँबाट कमिशन चुहिन्छ भन्ने कुरा खरेललाई थाहा छ । उनी निगम डुबाएर कमिशन खानै हतारिएका कारण निगम जापानको कालोसूचीमा पर्ने खतरा बढ्दै गएको छ । भदौ १२ गतेदेखि जापानको ओशाका उडाउने भनिए पनि प्रक्रिया पूरा गरिएको छैन । निगमको ९ एनएकेएक्स ए ३२० जहाजको एपियु बिग्रिएपछि अप्रिल ८ तारिखदेखि उक्त जहाज एपियुबिना अर्थात्, म्यानुअल्ली सञ्चालन हुँदै आएको छ । जुन अत्यन्तै जोखिम हो । जहाजको एपियु बिग्रिएपछि मर्मत गर्न कम्पनी छनोट गर्नुपर्नेमा बिना प्रतिस्पर्धा एरो टर्वाइन कम्पनीलाई जिम्मा लगाएर कमिशन खाइरहेको छ । निगमको ए३२० ९ के एके डब्लुको पनि एपियु फेर्नुपर्ने अवस्था छ । यस्तो गम्भीर कुरामा ध्यान दिन नसक्ने हो भने जापान उडान पनि कालोसूचीमा पर्ने खतरा बढेको छ । एपियु जहाजको इन्जिन स्टार्ट गर्ने र आपतकालीन अवस्थामा प्रयोग हुन्छ । त्यस्तो संवेदनशील कुरामा हेलचक्र्याई गरेर खरेलले निगमलाई कालोसूचीमा पु¥याउने दुस्साहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्