Logo
Logo

श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै


378
Shares

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वधारणको लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्