
रसुवा । वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वारकार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएकोे छ ।
विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न विपद् प्रतिकार्य निर्देशिका एवं अग्रपंक्तिका दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।
पहिलो पंक्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।














