Logo
Logo

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनद्वारा आईपीओ जारी


882
Shares

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले सर्वसाधारणका आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हाे।

त्यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १ एकलाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आईपीओका लागि साउन १ गते सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्