Logo
Logo

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट


1.7k
Shares

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो ।

प्रतिकित्ता सय रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

उक्त आईपीओमा १४ लाख ५५ हजार ३ सय ८४ जनाले आवेदन दिएका थिए । आवेदक मध्य १ लाख ३९ हजार ५०० जनाले सेयर पाएका सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्