Logo
Logo

अन्तरिक्ष युद्धको अभ्यास गर्दै भारत


- दृष्टि न्युज/संवाददाता


भारतले यसै हप्ता अन्तरिक्ष युद्धको अभ्यास गर्न लागेको भारतीय समाचारपत्रहरुले जनाएका छन् । पृथ्वीको वायुमण्डल भन्दा माथि अन्तरिक्षमा गरिने युद्धलाई अन्तरिक्ष युद्ध(स्पेस वार) भनिन्छ ।

अन्तरिक्षमा रहेका शत्रु देशका स्याटेलाइटहरुलाई नष्ट गर्ने र आफ्नो स्याटेलाइटको रक्षा गर्ने काम नै अन्तरिक्ष युद्धको एक मुख्य उद्देश्य हो । साथै अहिले सूचना संचारको माध्यम वनिरहेका स्याटेलाइटहरुलाई हतियारले सुसज्जित गरेर त्यहाँवाटपनि विविध हतियार प्रहार गर्न सकिने वनाउन कोशिस भैरहेको छ ।

शुरुमा अमेरिका र रुसले अन्तरिक्ष सम्म प्रहार गर्न सकिने क्षेप्यास्त्र तथा रकेटहरुको विकास गरी सफल परिक्षण गरे । त्यसपछि यस्तो क्षमताको विकास चीनले ग¥यो । यसै वर्ष भारतलेपनि अन्तरिक्षमा रहेको आफ्नै एक सानो स्याटेलाइटलाई भारतीय भूमिवाट रकेट प्रहार गरेर नष्ट गरी सो अन्तरिक्ष युद्धको क्षमता विकास गरेको घोषणा ग¥यो ।

क्षेप्यास्त्र र रकेटवाट आक्रमण गर्ने तरिकाको साथै इलेक्ट्रोनिक युद्ध, काइनेटिक वमवर्षा, लेजर तथा अन्य उर्जाकणयुक्त हतियार आदिको माध्यमवाटपनि अन्तरिक्षमा रहेका शत्रु देशका स्याटेलाइटलाइ काम नलाग्ने वनाउन वैज्ञानिकहरु कोशिस गरिरहेका छन.् ।

अहिले भारतीय सेनाको तीन वटै शाखा—स्थल सेना, जल सेना र वायु सेनाको संयुक्त कमाण्डमा तथा वैज्ञानिकहरुको समेत सहभागीतामा यसै हप्ता अन्तरिक्ष युद्धको अभ्यास गर्न लागेको छ ।

स्याटेलाइटहरु विना संचार अधुरो हुने भएकोले अहिलेको जमानामा अन्तरिक्ष युद्धको महत्व वढ्न गएको छ । तसर्थ शक्ति देशहरु यस तर्फ अरबौं डलर खर्च गरिरहेका छन् ।

अहिले विश्वमा ठुलो युद्धको स्थिति नभएपनि युद्धको खर्च भने वढी रहेको छ । यही खर्च गरिवी निवारणमा उपयोग गर्ने हो भने गरिवी हटाउन लामो समय नलाग्ने विज्ञहरुले वारम्वार भन्दै आएका छन् । तर पूँजीवादी प्रतिस्पर्धाले गर्दा हतियारको विकासमा अनावश्यक खर्च तीब्र भइरहेको छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्