Logo
Logo

कांग्रेसलाई पछ्याउँदै डकेन्द्रसिंह, माङसेबुङ-५ मा एकलौटी मत



काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा माङसेबुङ गाउँपालिकाको मतगणनामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले राम्रो मत पाएका छन् । माङसेबुङ गाउँपालिका १, २, ३ र ४ र ५ नम्बर वडाको मत गणना हुँदा थेगिमले राम्रो मत प्राप्त गरेका हुन् ।

अहिलेसम्म डकेन्द्रसिंह लिम्बु ७४५२ मतसहित तेस्रो स्थानमा छन् । एमालेका सुहाङ नेम्वाङ ११ हजार ६१९ मतसहित अग्रस्थानमा छन् भने उनलाई कांग्रेसका डम्बरबहादुर खड्काल ७६५९ मतसहित दोस्रो स्थानमा छन् ।

माङसेबुङ गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार थेगिमले पहिलो मत पाए । उनले उक्त पालिकाबाट २६३९ मत ल्याउँदा एमालेले २५९१ मत पाएको छ । यस्तै कांग्रेसले १४८० मत ल्याएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बुले आफ्नो गृह पालिकाबाट २४३ मत मात्र पाए । माङसेबुङ–१ मा एमालेले ४११, कांग्रेसले ४३६, पहिचानवादीले ३७२ र रास्वपाले ३६ मत पाए

यस्तै माङसेबुङ–२ मा एमालेको ५८६, कांग्रेसको ३५१, मुढाले ३१७, रास्वपाले ९६ मत पाएका छन् । माङसेबुङ–३ मा एमालेले ५१९, कांग्रेसले ३१३, मुढाले ६४०, रास्वपाले ४२ मत प्राप्त गरेको छ । यस्तै माङसेबुङ– ४ मा एमालेले ४१६, कांग्रेसले ११८, बुढाले १६१ र घण्टीले ८ मत मात्र पाएको छ ।

माङसेबुङ–५ मा बुढाले एकलौटी मत पाएको छ । मुढाले १०३२ मत पाउँदा एमालेले ६९ र कांग्रेसले ४९ र रास्वपाले ३ मतमात्र पाए । एमालेले १, २, ४ र ६ गरी ४ वडाध्यक्ष जित्दा माओवादी केन्द्रले ३ र राष्ट्रिय जनमुक्ति पार्टीले ५ मा वडाध्यक्षमा जित हात पारेको थियो ।

माङसेबुङ ६ मा भने एमालेले राम्रो मत पाएको छ । त्यहाँ एमालेले ५९०, कांग्रेस २१३, मुढा ११६ र रास्वपाले ५८ मत पाएको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्