काठमाडौं । अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत एक वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउँनेछन् ।
यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह-वितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पी पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी भएका थिए ।
डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमालबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरे ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ ।











