काठमाडौं । राष्ट्र बैंकले यसअघि कार्यान्वयनमा ल्याएको मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गरेको छ ।

आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको पहिलो सीमा खारेज गर्दै अन्तिम सीमा १२ कायम गरिएको जनाएका हुन् । यस्तो सुविधा अव लगानीकर्ताहरूले जुनसुकै बैंकबाट पनि १२ करोडसम्म सेयर कर्जा पाउने छन् ।











