Logo
Logo

अमेरिका चीन व्यापार युद्धले अतिधनी वर्गको २० खर्ब डलर क्षति


- दृष्टि न्युज/संवाददाता


अमेरिका र चीनका विच गत वर्ष जुलाई ६, २०१८ वाट शुरु भएको व्यापार युद्धले गर्दा विश्वका अति धनी व्यक्तिहरुको २० खर्ब डलर वरावरको क्षति भएको एक अध्ययनले देखाएको छ ।

वेलायती समाचारपत्र इण्डिपेन्डेन्टले जनाए अनुसार व्यापार युद्धका कारण शेयर वजारमा आएको उच्च गिरावटले गर्दा एक वर्षमा विश्वका अति धनी वर्गको सो अपार सम्पति क्षति भएको हो ।

यो रकम भनेको २२०० खर्ब नेपाली रुपैयाँ हो । यो भनेको नेपालको अहिलेको कूल सरकारी वजेट अनुृसार १४६ वर्षको वजेट वरावर हो ।

यो केवल विश्वका अति धनी वर्गलाई भएको क्षति मात्र हो । यसमा विश्वका सरकारहरु तथा अन्य तहका जनतालाई भएको क्षतिको गणणा गरिएको छैन ।

यो रकम भनेको ६ वर्ष चलेको दोश्रो विश्व युद्धमा अमेरिकाले गरेको कूल खर्चको आधा भन्दा वढी हो । अमेरिकाले सो विश्वयुद्धमा अहिलेको डलरको भाउ अनुसार ४१ खर्ब डलर खर्च गरेको थियो ।

दोश्रो विश्वयुद्ध पछि विश्वमा तेश्रो विश्वयुद्ध भएको छैन । तर अमेरिका चीन विचको यस व्यापार युद्धले तेश्रो विश्वयुद्धको स्वरुप लिन थालेको छ । यसले सबै देशहरुलाइ पं्रभावित गर्न थालेको छ ।

पूँजीवादी निकृष्ट प्रतिस्पर्धाको व्यवस्थाले गर्दा विश्वको खरबौं डलर वरावरको सम्पति नोक्सान भैरहेको छ । समाजवादी विश्वव्यवस्थाको आवश्यकता र माक्र्सवादको औचित्यलाई यस व्यापार युद्धले अझ पुष्टि गरेको छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्