Logo
Logo

मकवानपुरबाट एक वर्षमा ६ हजारले लिए राहदानी


378
Shares

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा साढे ६ हजार ५३२ बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८/७९ मा सो संख्यामा राहदानी वितरण गरिएको जनाएको छ ।

विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको छ भने चार हजार १३८ द्रुत सिफारिस गरेको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो । जसमा ८५० वितरण हुन बाँकी रहेका राहदानी थिए । सो आर्थिक वर्षमा चार हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने दुई हजार ९५१ द्रुत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्