Logo
Logo

अन्तर्घात आरोपमा एमाले इलामका सचिवलाई कारबाही


8.3k
Shares

इलाम । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा एमाले इलामले पार्टी सचिवलाई कारबाही गरेको छ ।

आइतबारको जिल्ला कमिटी बैठकले जिल्ला सचिव उमेश गुरुङसहितका नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । गुरुङले स्थानीय निर्वाचनमा सन्दकपुर गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका थिए ।

त्यसपछि पार्टीका अधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप उनीमाथि छ । त्यस्तै इलाम नगर इन्चार्ज बद्री खड्का, सन्दकपुर र फाकफोकथुमका पार्टी उपाध्यक्ष क्रमशः चन्द्र राई र लोकबहादुर थापा तथा माई नगर कमिटी सचिवालय सदस्य मोहन देवानलाई कारबाही गरेको हो ।

यसैगरी प्रदेश कमिटीका केही व्यक्तिसमेत कारबाहीमा परेका छन् । जिल्ला कमिटीले शेरधन राईको संयोगकत्वमा गठित प्रदेश छानबिन आयोगलाई कारबाहीका लागि सिफरिस गरेको हो ।

निर्वाचनमा अन्तर्घातका बिषयमा छानमिन तथा समिक्षा गरेर कारबाहीको आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो । बैठकले मंसिरमा हुने संघिय तथा प्रदेश निर्वाचनमा सशक्त भएर होमिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्