Logo
Logo

एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु


441
Shares

काठमाडौं । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत बैंकको भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाटै भर्चुअल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवाहरु उपयोग गर्न सक्नेछन् ।

यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टुपे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भिषा क्यूआर कोर्ड प्रयोग गरी भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय सहभागी हुँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्