Logo
Logo

एनभीएल च्याम्पियन अन्नपूर्ण स्पाइकरको ‘एक्स्ट्रिम गौरवको यात्रा’ एबीसी पुगेर सम्पन्न


189
Shares

एक्स्ट्रिमको सहकार्यमा भलिबल लिगको ट्रफी अन्नपूर्ण आधार शिविर पु¥याइयो, भव्य ‘ट्रफी टुर’ सम्पन्न

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि विजेता टोली अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक जितको खुसीयाली मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ नामक ट्रफी टुर सम्पन्न गरेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यमा आयोजित उक्त विशेष अभियान अन्तर्गत च्याम्पियन ट्रफीलाई अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पु¥याइएको हो ।

नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशभरका समर्थक र खेलप्रेमीमाझ पु¥याउने तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो टुर आयोजना गरिएको थियो । यात्राका क्रममा च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा पर्यटकीय स्थानहरूमा प्रदर्शन गर्दै खेलाडी, समर्थक र स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट तथा अन्तक्र्रिया समेत गरिएको आयोजकले जनाएको छ ।

नेपालकै पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिगका रूपमा सञ्चालित एनभीएलको पहिलो संस्करण गत भदौ १९ देखि २७ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना भएको थियो । प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौँ रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाड गरी ६ फ्रेन्चाइज टोलीले कडा प्रतिस्पर्धा गरेका थिए ।

उक्त ऐतिहासिक प्रतियोगिताको फाइनल भिडन्तमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई २५–१५, २५–२० र २५–१८ को सोझो सेट (३–०) मा पराजित गर्दै उपाधि चुमेको थियो । पहिलो संस्करणको च्याम्पियन बनेसँगै अन्नपूर्णले नगद २० लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेको थियो ।

एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली खेलाडीको उत्साह, सफलता र भलिबल यात्रालाई थप उचाइमा पु¥याउन आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्